काठमाण्डौ–तराई मधेस द्रुतमार्गको भौतिक प्रगति ३८%
काठमाण्डौ । राष्ट्रिय गौरवका आयोजना काठमाण्डौ–तराई मधेस द्रुतमार्गको भौतिक प्रगति ३८.२६ र वित्तीय प्रगति ३९.८४ प्रतिशत रहेको छ । नेपाली सेनाले पत्रकार सम्मेलन आयोजना गरी यस्तो जानकारी दिएको हो । उक्त सम्मेलनमा करिब ७१ किमी दूरीको आयोजना अन्तर्गत सात सुरुङमध्ये दुईवटा ‘ब्रेक थ्रू’ भइसकेका र दुईवटा निर्माणाधीन रहेको समेत जनाइएको छ ।