रसुवागढी सडक अवरुद्ध भएपछि केरुङका सामान कोरला नाकाबाट ल्याइने
काठमाण्डौ । भोटेकोशी नदीमा आएको भीषण बाढीले सडक, पुललगायतका भौतिक संरचनामा ठूलो क्षति पुर्याएपछि चीनको केरुङमा भण्डारण गरिएका नेपाली व्यापारीका सामान वैकल्पिक मार्ग हुँदै कोरला नाकाबाट नेपाल ल्याइने भएको छ।हिमपहिरोसहित ल्हेन्दे खोलामा आएको बाढी भोटेकोशी नदीमा मिसिएपछि रसुवागढी क्षेत्रमा रहेका सरकारी कार्यालय तथा सडक संरचनामा समेत क्षति पुगेको थियो। बाढीले रसुवागढी...

