कोशी अस्पतालले खाली गरायो अतिक्रमित संरचना
काठमाण्डौ । विराटनगरस्थित कोशी अस्पतालले आफ्नो स्वामित्वमा रहेको जग्गा संरक्षण अभियानलाई तीव्रता दिँदै अतिक्रमण गरी निर्माण गरिएका ३२ वटा व्यावसायिक सटर हटाएको छ। अस्पताल प्रशासनले सोमबार बिहान प्रहरीको उपस्थितिमा डोजर प्रयोग गरी ती संरचना भत्काएको हो।अस्पतालको जग्गामा लामो समयदेखि सञ्चालन हुँदै आएका विभिन्न संस्था तथा व्यावसायिक प्रयोजनका सटरहरू हटाइएका हुन्।...

