बक्सअफिसमा ‘लालीबजार’को दबदबा, ८ करोड ७८ लाख ग्रस कमाइ
काठमाण्डौ । चलचित्र विकास बोर्डले सार्वजनिक गरेको पछिल्लो बक्सअफिस रिपोर्टले नेपाली चलचित्र बजारको व्यावसायिक अवस्था मिश्रित देखाएको छ।आइतबारसम्मको ग्रस कमाइ र दर्शक उपस्थितिको आधारमा तयार गरिएको तथ्याङ्कले केही फिल्मले लगानी उठाउँदै नाफातर्फ अग्रसर भएको देखाउँछ भने केहीले अपेक्षाकृत कमजोर व्यापार गरिरहेका छन्।

