२४ घण्टामा लोमान्थाङमा ७ पटक भूकम्प, आधाभन्दा बढी घर उच्च जोखिममा
काठमाण्डौ । पछिल्लो २४ घण्टामा मुस्ताङको लोमान्थाङ क्षेत्रमा सात पटक भूकम्पको धक्का महसुस भएपछि स्थानीय त्रसित बनेका छन्। पटक–पटक आएको भूकम्पले सदियौँ पुराना माटोका घर र ऐतिहासिक संरचनामा ठूलो क्षति पुगेको स्थानीय तहले जनाएको छ।लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसी न्हूर्बू गुरुङका अनुसार भूकम्पका कारण गाउँपालिकाभित्रका अधिकांश घरमा चिरा परेको छ भने धेरै घर तत्काल...

