लाङटाङ खोला जलविद्युत् आयोजनामा दुई कर्मचारीको शव फेला, अझै ३९ जना सम्पर्कविहीन
काठमाण्डौ । रसुवास्थित २० मेगावाट क्षमताको लाङटाङ खोला जलविद्युत् आयोजनामा कार्यरत दुई कर्मचारीको शव फेला परेको छ।भोटेकोशी–त्रिशूली क्षेत्रमा आएको विनाशकारी बाढीपछि सम्पर्कविहीन भएका उनीहरूको शव बिहीबार फेला परेको हो। आयोजना परीक्षण सञ्चालनको चरणमा रहेको थियो।आयोजना निर्माण गरेको मल्टी इनर्जी डेभलपमेन्ट प्रालिका प्रवर्द्धक सुदीप आचार्यले दुई कर्मचारीको शव फेला...

