अर्जेन्टिनाबाट मेसीको भावुक बिदाइ, अन्तिम खेलमा पनि गरे गोल
काठमाडौं। लियोनेल मेसी अर्जेन्टिनाका लागि आफ्नो अन्तिम फुटबल खेल खेल्ने क्रममा भावुक बनेका छन्। ब्युनस आयर्समा भावुक माहोलबीच बेनिनविरुद्धको मैत्रीपूर्ण खेल सुरु हुनुअघि मेसीका आँखामा आँसु देखिएको थियो।अर्जेन्टिनाले उक्त खेल ३–० गोलअन्तरले जितेको छ। खेलमा मेसीले पनि एक गोल गरेका थिए।

