कनेक्ट आईपीएसको लाइफ इन्स्योरेन्स प्रिमियम भुक्तानीमा आकर्षक अफर सार्वजनिक
काठमाण्डौ । कनेक्ट आईपीएसले जेठ ६ गतेदेखि साउन ३२ गतेसम्म लागू हुने गरी ‘कनेक्ट आईपीएसबाट भुक्तानी गर्दा लाईफ इन्स्योरेन्स प्रिमियम भुक्तानीको पूरा रकम फिर्ता (रु. ४०,००० सम्म)’ अफर सार्वजनिक गरेको छ । यस अफरअन्तर्गत कनेक्ट आईपीएसबाट लाईफ इन्स्योरेन्स कम्पनीको प्रिमियम भुक्तानी गर्दा हरेक हप्ता १० जना भाग्यशाली प्रयोगकर्ताले रु १ हजार क्यासब्याक प्राप्त गर्न सक्नेछन्...