‘हाम्रो भूमि प्रयोग नगर्नू': लिपुलेकको विषयमा नेपालले पठायो दुवै छिमेकीलाई कुटनीतिक नोट
काठमाण्डौ । नेपाली भूमि लिपुलेक हुँदै भारत-चीन आवतजावत गर्ने गरी सञ्चालन गर्न लागिएको कैलाश मानसरोवर यात्राप्रति नेपाल सरकारले औपचारिक आपत्ति जनाउँदै आफ्नो अडान पुनः स्पष्ट पारेको छ। आइतबार साँझ परराष्ट्र मन्त्रालयले जारी गरेको प्रेस नोटमा नेपालले उक्त गतिविधिलाई आफ्नो सार्वभौमिकता र क्षेत्रीय अखण्डतासँग जोडिएको गम्भीर विषयका रूपमा उठाएको छ।मन्त्रालयले स्पष्ट...

