निक्षेप संकलन उपकरणमार्फत् बजारबाट ३० अर्ब रुपैयाँ उठाउँदै राष्ट्र बैंक
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट मंगलबार फेरि ३० अर्ब रुपैयाँ उठाउने भएको छ । तरलता व्यवस्थापनका लागि निक्षेप संकलन उपकरणमार्फत राष्ट्र बैंकले बैंक तथा वित्तीय प्रणालीबाट उक्त रकम उठाउन लागेको हो ।