बेलायतको सेयर बजारबाट धमाधम बाहिरिदैं कम्पनीहरु, एकै वर्ष ८८ कम्पनी अमेरिका प्रस्थान
काठमाण्डौ । बेलायतको सेयर बजार, ‘फुट्सी १००’ बाट एकै वर्षमा ८८ वटा कम्पनी बाहिरिएका छन् । लण्डन स्टक एक्सचेञ्ज ग्रुपका अनुसार यो वर्ष फुट्सी १०० बाट ८८ वटा कम्पनी बाहिरिदा जम्मा १८ वटा मात्रै सूचीकृत भएका छन् । यो भनेको सन् २००९ को वित्तीय संकटपछिकै सबैभन्दा ठूलो बहिर्गमन भएको जनाइएको छ । यस्तै यो वर्ष सूचीकृत भएको कम्पनीको संख्या विगत १५ वर्षकै न्यून हो । सेयर बजारलाई...