काठमाण्डौ । बेलायतको सेयर बजार, ‘फुट्सी १००’ बाट एकै वर्षमा ८८ वटा कम्पनी बाहिरिएका छन् । लण्डन स्टक एक्सचेञ्ज ग्रुपका अनुसार यो वर्ष फुट्सी १०० बाट ८८ वटा कम्पनी बाहिरिदा जम्मा १८ वटा मात्रै सूचीकृत भएका छन् ।
यो भनेको सन् २००९ को वित्तीय संकटपछिकै सबैभन्दा ठूलो बहिर्गमन भएको जनाइएको छ । यस्तै यो वर्ष सूचीकृत भएको कम्पनीको संख्या विगत १५ वर्षकै न्यून हो । सेयर बजारलाई आकर्षक बेलायत सरकार, नियामक र लण्डन स्टक एक्सचेञ्जले सुधारका विभिन्न नीतिहरु अबलम्बन गर्नुका साथै घरेलु पेन्सन प्रणालीलाई सुधार गरेतापनि कम्पनीहरु सेयर बजारबाट बाहिरिने क्रम रोकिएको छैन ।
बेलायतबाट कम्पनीहरु ‘डिलिस्टीङ’ भएर अमेरिकाको न्यूयोकतर्फ लागिरहेका छन् । यो वर्ष बेलायतको सेयर बजारबाट बाहिरिने सबैभन्दा ठूलो कम्पनीको रुपमा २३ अर्ब डलर पूँजीकरण भएको ‘यासटेड’ कम्पनी रहेका छ ।
बेलायतको सेयर बजारमा कम्पनीहरुलाई टिकाई राख्ने पर्याप्त सपोर्ट नभएका कारण बहिर्गमनको संख्या अझै बढ्न सक्ने जनाइएको छ । यसलाई रोक्न तत्कालै सुधारका कदमहरु चाल्नुपर्ने विज्ञहरुले औल्याएका छन् ।
लगानीकर्ताको बढ्दो जमघट र सेयरमा आकर्षक तरलताका कारण न्यूयोर्कमा बेलायतबाट जाने कम्पनीहरुको संख्या वृद्धि भईरहेको जनाइएको छ ।
केहीले न्यूयोर्कमा कम्पनीहरु आकर्षित हुनुले अमेरिकामा कम्पनीहरुको उपस्थिती बढिरहेको संकते गरेको बताएका छन् । एस्टेडको ९८ प्रतिशत सञ्चालन मुनाफाबाट अमेरिकाबाट आईरहेको छ ।
यस्तै फुट्सी १०० मा सूचीकृत ९ वटा कम्पनीको आधिभन्दा बढी आम्दानी अमेरिकाबाट आईरहेको छ ।