सोमबार, श्रावण २५,२०८३ 11:28:30
Bizshala
  • सोमबार, श्रावण २५,२०८३ 11:28:30
Bizshala
Global IME Bank Limited

बेलायतको सेयर बजारबाट धमाधम बाहिरिदैं कम्पनीहरु, एकै वर्ष ८८ कम्पनी अमेरिका प्रस्थान

Prabhu Bank Limited
बेलायतको सेयर बजारबाट धमाधम बाहिरिदैं कम्पनीहरु, एकै वर्ष ८८ कम्पनी अमेरिका प्रस्थान
New Office

काठमाण्डौ । बेलायतको सेयर बजार, ‘फुट्सी १००’ बाट एकै वर्षमा ८८ वटा कम्पनी बाहिरिएका छन् । लण्डन स्टक एक्सचेञ्ज ग्रुपका अनुसार यो वर्ष फुट्सी १०० बाट ८८ वटा कम्पनी बाहिरिदा जम्मा १८ वटा मात्रै सूचीकृत भएका छन् ।  

यो भनेको सन् २००९ को वित्तीय संकटपछिकै सबैभन्दा ठूलो बहिर्गमन भएको जनाइएको छ । यस्तै यो वर्ष सूचीकृत भएको कम्पनीको संख्या विगत १५ वर्षकै न्यून हो । सेयर बजारलाई आकर्षक बेलायत सरकार, नियामक र लण्डन स्टक एक्सचेञ्जले सुधारका विभिन्न नीतिहरु अबलम्बन गर्नुका साथै घरेलु पेन्सन प्रणालीलाई सुधार गरेतापनि कम्पनीहरु सेयर बजारबाट बाहिरिने क्रम रोकिएको छैन ।  

 

 

बेलायतबाट कम्पनीहरु ‘डिलिस्टीङ’ भएर अमेरिकाको न्यूयोकतर्फ लागिरहेका छन् । यो वर्ष बेलायतको सेयर बजारबाट बाहिरिने सबैभन्दा ठूलो कम्पनीको रुपमा २३ अर्ब डलर पूँजीकरण भएको ‘यासटेड’ कम्पनी रहेका छ ।  

बेलायतको सेयर बजारमा कम्पनीहरुलाई टिकाई राख्ने पर्याप्त सपोर्ट नभएका कारण बहिर्गमनको संख्या अझै बढ्न सक्ने जनाइएको छ । यसलाई रोक्न तत्कालै सुधारका कदमहरु चाल्नुपर्ने विज्ञहरुले औल्याएका छन् ।  

लगानीकर्ताको बढ्दो जमघट र सेयरमा आकर्षक तरलताका कारण न्यूयोर्कमा बेलायतबाट जाने कम्पनीहरुको संख्या वृद्धि भईरहेको जनाइएको छ ।  

केहीले न्यूयोर्कमा कम्पनीहरु आकर्षित हुनुले अमेरिकामा कम्पनीहरुको उपस्थिती बढिरहेको संकते गरेको बताएका छन् । एस्टेडको ९८ प्रतिशत सञ्चालन मुनाफाबाट अमेरिकाबाट आईरहेको छ ।  

यस्तै फुट्सी १०० मा सूचीकृत ९ वटा कम्पनीको आधिभन्दा बढी आम्दानी अमेरिकाबाट आईरहेको छ ।  

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X