मेची करिडोरको २७ करोडको ठेक्का रद्द
काठमाडौँ । मेची करिडोर (केचना–कञ्चनजंघा सडक) अन्तर्गत बेलासे–गोलाखर्क भञ्ज्याङको ९.५ किलोमिटर सडक स्तरोन्नति गर्ने ठेक्का सम्झौता रद्द गरिएको छ ।पूर्वाधार विकास मन्त्रालयका अनुसार २७ करोड २२ लाख रुपैयाँ लागतको आयोजना २०८० पुस २९ गतेभित्र सम्पन्न हुनुपर्नेमा पटकपटक म्याद थप गर्दा पनि ४७ प्रतिशत मात्र भौतिक प्रगति भएको थियो । पछिल्लो सात महिनामा तीन प्रतिशतभन्दा कम प्रगति...

