चयनमुखी अभियोजनको आरोपले सरकारी वकिल कार्यालयमा असन्तुष्टि, सहन्यायाधिवक्ता भण्डारीले मागे सरुवा
काठमाण्डौ । संवेदनशील मुद्दाको अभियोजनमा प्रमाणभन्दा फरक ढंगले अघि बढ्न दबाब आएको आरोपपछि जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँमा असन्तुष्टि बढेको छ।मुख्य सरकारी वकिलको जिम्मेवारीमा रहेका सहन्यायाधिवक्ता सोमकान्त भण्डारीले काम गर्न कठिन भएको भन्दै सरुवा मागेका छन्। उनी गत बिहीबारदेखि महान्यायाधिवक्ताको कार्यालयमा हाजिर भएका छन् भने केही उपन्यायाधिवक्ताले समेत...

