अर्बौंको पार्टी भवन प्रस्तावबाट एमाले पछि हट्दै, मीनबहादुर गुरुङको ‘दान’ अस्वीकार गर्ने तयारी
काठमाण्डौं । व्यापक आलोचना र राजनीतिक विवादकाबीच नेकपा एमालेले व्यवसायी मीनबहादुर गुरुङबाट प्रस्तावित ‘दान’ स्वीकार नगर्ने निर्णयतर्फ अघि बढेको छ । पार्टी नेतृत्वले अब गुरुङले उपलब्ध गराउने भनिएको जग्गा तथा अत्याधुनिक पार्टी कार्यालय भवनको प्रस्ताव औपचारिक रूपमा अस्वीकार गर्ने तयारी गरेको हो ।

