पश्चिमी भेगमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने संकेत
काठमाण्डौं । मुलुकको पश्चिमी क्षेत्र आसपास उपल्लो वायुमण्डलमा विकसित न्यून चापीय प्रणाली र स्थानीय वायुको संयुक्त प्रभावका कारण देशका विभिन्न भागमा मौसममा आंशिकदेखि सामान्य बदली रहने तथा केही स्थानमा वर्षा हुने सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले हिमाली तथा पहाडी क्षेत्रमा वर्षा र तराईका केही भूभागमा तापक्रम वृद्धि हुने...

