देशभर मौसमको दोहोरो असर: कतै वर्षा, कतै तातो लहरको चेतावनी
काठमाण्डौं । नेपालमा अहिले पश्चिमी वायु, स्थानीय वायु र पूर्वी भू–भाग नजिक रहेको न्यूनचापीय क्षेत्रको प्रभावका कारण मौसम मिश्रित बनेको छ । यसको असर विशेषगरी पहाडी तथा हिमाली क्षेत्रमा देखिएको छ, जहाँ बादलसँगै वर्षाको गतिविधि बढ्दो क्रममा रहेको छ ।

