ताप्लेजुङको मैवा खोला गाउँपालिकाको ४३ करोड ६१ लाख बजेट सार्वजनिक
काठमाण्डौ । ताप्लेजुङको मैवा खोला गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ४३ करोड ६१ लाख ३४ हजार ८० रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ। गाउँपालिका अध्यक्ष विजयप्रकाश वनेमको अनुमतिमा उपाध्यक्ष कमलकुमारी लिम्बूले गाउँसभाको १९औँ बजेट अधिवेशनमार्फत उक्त बजेट प्रस्तुत गरेकी हुन्।

