असार लागेपछि सरकारको खर्च रफ्तार : २४ दिनमै साढे ३० अर्ब पुँजीगत भुक्तानी
काठमाण्डौ। चालु आर्थिक वर्षको अन्तिम महिनामा पनि विगतकै जस्तो ‘असारे खर्च’को प्रवृत्ति दोहोरिएको छ। महालेखा नियन्त्रक कार्यालयको तथ्यांकअनुसार असार महिनाका २४ दिनमै सरकारले पुँजीगत खर्च ३० अर्ब ५० करोड रुपैयाँभन्दा बढीले बढाएको छ।चालु आर्थिक वर्षको असार २४ गतेसम्म सरकारले १ खर्ब ६३ अर्ब १७ करोड ३४ लाख रुपैयाँ पुँजीगत खर्च गरेको छ। जेठ मसान्तसम्म यस्तो खर्च १ खर्ब ३२...

