राष्ट्रबैंकको कामकारबाहीप्रति महालेखाका बग्रेल्ती प्रश्न, एजेन्सी बैंक नियुक्तिदेखि लगानीसम्ममा गडबडी
काठमाण्डौ । महालेखा परीक्षकको कार्यालयले बैंक तथा वित्तीय संस्थाहरुको नियमन गर्ने प्रमुख निकाय नेपाल राष्ट्रबैंकको काम कारबाही तथा संस्थागत सुशासनप्रति बग्रेल्ती प्रश्नहरु उठाएको छ । आइतबार सार्वजनिक ६१ औं वार्षिक प्रतिवेदनमा महालेखाले केन्द्रीय बैंकले एजेन्सी बैंकको नियुक्तिमा गडबडी गरेकोतर्फ संकेत गरेको छ । प्रतिवेदनमा नेपाल राष्ट्रबैंक र कमर्स इन्टरनेशनल...