महिन्द्रा स्कोर्पियो–एनको नयाँ भेरियन्ट जेट८ सेलेक्ट लञ्च,यस्ता छन् फिचर्स
काठमाण्डौ । महिन्द्रा एण्ड महिन्द्राले आफ्नो चर्चित एसयुभी स्कोर्पियो–एनको नयाँ भेरियन्ट जेट८ सेलेक्ट लञ्च गरेको छ । यसलाई मिड भेरियन्ट जेट६ र टप लाइन मोडल जेट८ को बीचमा राखिएको छ । जेट८ सेलेक्टलाई पेट्रोल र डिजेल दुवै इन्जिन तथा ट्रान्समीशन अप्शनका साथ पेश गरिएको छ । यो कार ७० भन्दा धेरै कनेक्टेड फिचर्सका साथ उपलब्ध हुनेछ । यसको सुरुवाति मूल्य १६.९९ लाख भारु तोकिएको छ ।...