मन्त्रालयमा एक सचिवको व्यवस्था, ६ पद कटौती हुने
काठमाण्डौ । सरकारले मन्त्रालयहरूको प्रशासनिक संरचना थप चुस्त बनाउन प्रत्येक मन्त्रालयमा एक जना मात्रै सचिव रहने व्यवस्था लागू गरेको छ। हालै गरिएको सचिव सरुवासँगै यो व्यवस्था कार्यान्वयनमा आएको हो भने संगठन तथा व्यवस्थापन सर्वेक्षण (ओएन्डएम) पछि यसले स्थायी रूप लिनेछ।

