अर्थमन्त्री तातेसँगै सामूहिक लगानीकोषका सञ्चालक उत्साहित, सेयर बजारमा लगानी बढाउन थाले
काठमाण्डौ । विगत ३० महिनादेखि घट्दो अवस्थामा रहेको नेपाली पुँजीबजार सुधारिने संकेत देखिन थालेको छ । नयाँ सत्ता समिकरणसँगै अर्थमन्त्री फेरबदलले बजार उकासिने सम्भावना बढ्दै गएको हो । अर्थमन्त्रीमा वर्षमान पुनको आगमनसँगै सेयरबजारमा क्रमशः सुधार देखिन थालेको छ । अर्थमन्त्री पुनले सेयरबजारसँग सम्बद्ध प्रमुख तीनवटै सरकारी निकायसँग बजारका समस्या, तिनको समाधान र यो...