मानुषी लघुवित्तको नाफा ४१.१९% ले बढ्यो, इपीएस कति ?
काठमाण्डौ । मानुषी लघुवित्त वित्तीय संस्थाले १ करोड रुपैयाँ भन्दा बढी नाफा कमाएको छ । चालु आवको तेस्रो त्रैमाससम्म संस्थाले एक करोड ३१ लाख ७४ हजार रुपैयाँ नाफा कमाएको हो । यो नाफा गत आवको सोही अवधिसम्मको तुलनामा ४१.१९ प्रतिशत बढी हो । गत आवको सोही अवधिसम्म संस्थाले ९३ लाख ३१ हजार रुपैयाँ मात्रै नाफा कमाएको थियो ।

