माया खोला हाइड्रोपावरलाई शतप्रतिशत हकप्रद सेयर निष्कासन गर्न पूर्वस्वीकृति
काठमाण्डौ। माया खोला हाइड्रोपावर कम्पनी लिमिटेडले शतप्रतिशत हकप्रद सेयर निष्कासन गर्न विद्युत नियमन आयोगबाट पूर्वस्वीकृति प्राप्त गरेको छ। कम्पनीको नवौँ वार्षिक साधारणसभाबाट हाल कायम चुक्तापूँजीको १ः१ अनुपातमा हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव पारित भएको थियो। सोही निर्णयअनुसार कम्पनीले हकप्रद निष्कासनको पूर्वस्वीकृतिका लागि विद्युत नियमन आयोगसमक्ष आवेदन दिएको...

