एमसिए–नेपालको समयसीमा सकिन १ वर्ष १० महिना बाँकी, खर्च भने २०.५६ प्रतिशत मात्रै
–रविन ठकुरी काठमाण्डौ । मिलेनियम च्यालेञ्ज एकाउण्ट नेपाल विकास समिति (एमसिए–नेपाल) अन्तर्गतका आयोजना कार्यान्वयनका लागि तोकिएको समयसीमा सकिन अब करिब १ वर्ष १० महिना बाँकी रहँदा कुल खर्च २०.५६ प्रतिशत मात्रै पुगेको छ। सेप्टेम्बर २०२६ अर्थात् २०८३ असोज १४ गतेसम्म एमसिए–नेपालले १५ करोड ३५ लाख ८८ हजार ९६० अमेरिकी डलर खर्च गरेको छ। नेपाली मुद्रामा यो रकम २३ अर्ब ३४ करोड ९ लाख...

