बिपतले खलबलियो ‘दशैं योजना’, दक्षिणालाई लगानीमा रुपान्तरण गर्न मर्चेन्ट बैंकरले सुझाए यस्ता विकल्प
काठमाण्डौ । नेपालीहरुको महान चाड दशैं सबैको घर आँगनमै आइसकेको छ । बडादशैं भन्नेबित्तिकै हामी स–परिवार भेला भई ठूला बडाहरुको हातबाट टिका जमरासँगै आशिष ग्रहण गर्ने र परिवारसँगै समय बिताउने पर्वको रुपमा सम्झिन्छौं । अझ दशैं भन्ने बित्तिकै सबैले सम्झिने भनेको आ–आफ्नो बालापन हो । नयाँ लुगा लगाएर साथीभाई जम्मा भई पिङ खेल्ने, लङ्गुर बुर्जा खेल्ने जस्ता मिठो क्षण सबैको बालापनमा...