इभी गाडीको हरिबिजोग, डिपलदेखि एमजीसम्मले पार गर्न सकेनन् भीमफेदीको उकालो
काठमाण्डौ । पछिल्लो समय नेपाली बजारमा विद्युतीय चार पाङ्ग्रे सवारी साधन भित्र्याउने होडबाजी चलेको छ । अटोको व्यापारमा स्थापित घरानादेखि नयाँ व्यवसायीहरुले समेत इभी गाडीकै आयातमा ध्यान केन्द्रीत गरेका छन् । जसका कारण विभिन्न मुलुकमा बनेका इभी गाडीहरु एकपछि अर्को नेपाल भित्रिने क्रम तीव्र बनेको छ । यो क्रममा चीनमा बनेका इभी गाडीहरुको बोलवाला चलिरहेको छ । आधुनिक र नयाँ...