लघुवित्तहरुको नाफा ८७.३७% ले वृद्धि, लाभांश क्षमतामा कुन अघि ?
काठमाण्डौ । लघुवित्त वित्तीय संस्थाहरुको खुद नाफा ८७.३७ प्रतिशतले बढ्न पुगेको छ । गत आर्थिक वर्षको अन्त्यसम्ममा अधिकांश लघुवित्तको मुनाफा उल्लेख्य वृद्धि भएको छ । गत आवको असार मसान्तसम्म समग्रमा लघुवित्त संस्थाहरुले ७ अर्ब ५९ करोड ७० लाख रुपैयाँ खुद नाफा आर्जन गरेका छन् । जुन यो अघिल्लो आवको तुलनामा ८७।३७ प्रतिशतले बढी हो । अघिल्लो आवमा लघुवित्त कम्पनीहरुको नाफा ४ अर्ब ५...