नाफाको चमकभित्र लघुवित्तको संकटः खराब कर्जा ५० अर्ब नाघ्यो
काठमाडौं । खुद्रा कर्जा प्रवाह गर्ने लघुवित्त वित्तीय संस्थाहरूको नाफा बढे पनि कर्जाको गुणस्तरमा तीव्र दबाब देखिएको छ। नेपाल राष्ट्र बैंकको गैरस्थलगत सुपरिवेक्षण प्रतिवेदनअनुसार २०८३ असार मसान्तमा यी संस्थाको निष्क्रिय कर्जा ५० अर्ब ८२ करोड रुपैयाँ पुगेको छ। यो अघिल्लो वर्षको तुलनामा ६३.८३ प्रतिशत बढी हो।सोही अवधिमा खुद्रा लघुवित्तको कुल कर्जा १०.०९ प्रतिशत बढेर ४ खर्ब...

