मितेरी डेभलपमेन्ट बैंकले ११ प्रतिशत लाभांश प्रस्ताव गर्यो, बोनस र नगद कति ?
काठमाडौं। मितेरी डेभलपमेन्ट बैंकले सेयरधनीलाई ११ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। बैंक सञ्चालक समितिको असोज १० गते बसेको बैठकले ५ प्रतिशत बोनस सेयर र करसहित ६ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो।

