निर्धन उत्थान लघुवित्तको सीईओमा मुकेश दाहाल नियुक्त
काठमाण्डौ । निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत(सीईओ) मा मुकेश दाहाल नियुक्त भएका छन् । संस्थाको वैशाख ३ गते बसेको सञ्चालक समितिको बैठकले दाहाललाई रिक्त रहेको सीईओ पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।