६५ मेगावाटको म्याग्दीखोला जलविद्युत् आयोजनाको निर्माण सुरु
काठमाण्डौ । धवलागिरि गाउँपालिका–४ बगर क्षेत्रमा ६५ मेगावाट क्षमताको म्याग्दीखोला जलविद्युत् आयोजनाको निर्माण कार्य सुरु भएको छ। हाइड्रो भिलेज प्रालि प्रवर्द्धक रहेको आयोजनाले पहुँचमार्ग, विद्युत्गृह, सुरुङ तथा प्रसारण लाइन निर्माणलाई समानान्तर रूपमा अघि बढाएको जनाएको छ।बगर गाउँदेखि बाँध निर्माणस्थल दोभानसम्म करिब १० किलोमिटर पहुँचमार्ग विस्तार गरिएको छ। ...

