सोमबार पृथ्वी राजमार्ग ३ घण्टा पूर्ण रूपमा बन्द हुने
काठमाण्डौ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको मझिमटार खण्ड सोमबार तीन घण्टाका लागि पूर्ण रूपमा बन्द हुने भएको छ।जिल्ला प्रशासन कार्यालय धादिङका अनुसार बेनीघाट रोराङ गाउँपालिका–९ स्थित मझिमटारमा आकाशे पुल निर्माण तथा सडक स्तरोन्नतिको काम गर्न सवारी आवागमन रोक्न लागिएको हो।नागढुङ्गा–मुग्लिङ सडक योजना पश्चिम खण्डको जानकारीअनुसार सोमबार बिहान ११ बजेदेखि दिउँसो २...

