नागरिक लगानी कोषको पुँजी १० अर्ब पुर्याउने तयारी, निजी इक्विटी र भेन्चर क्यापिटलमा समेत लगानी गर्न पाउने
काठमाण्डौ । सरकारले नागरिक लगानी कोषको पुँजी वृद्धि गर्नुका साथै लगानीका क्षेत्र विस्तार गर्ने गरी कानुनी संशोधनको प्रक्रिया अघि बढाएको छ।कोषको हालको ८ अर्ब रुपैयाँ पुँजी बढाएर १० अर्ब रुपैयाँ पुर्याउने तथा चुक्तापुँजी ३ अर्बबाट ६ अर्ब ८० करोड रुपैयाँ कायम गर्ने प्रस्ताव गरिएको हो।बुधबार प्रतिनिधिसभाअन्तर्गत अर्थ समितिको बैठकमा ‘नागरिक लगानी कोष (तेस्रो संशोधन)...

