नागरिक उड्डयन प्राधिकरण टुक्र्याउने विधेयक अन्तिम चरणमा, नियामक र सेवा प्रदायक छुट्टाछुट्टै हुने
काठमाण्डौ । लामो समयदेखि चर्चामा रहेको नेपाल नागरिक उड्डयन प्राधिकरणलाई दुई छुट्टाछुट्टै निकायमा विभाजन गर्ने सरकारी तयारी अन्तिम चरणमा पुगेको छ।संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले प्राधिकरणलाई नियामक निकाय र हवाई सेवा प्रदायक निकायका रूपमा विभाजन गर्ने प्रस्तावसहितको विधेयक तयार भइसकेको जानकारी दिएका हुन्।मंगलबार राष्ट्रिय सभाको विधायन...

