नेपाली अचारको विदेशी बजारमा माग तीव्र, ९ महिनामै ३ लाख ५० हजार किलो अचार विदेश निर्यात, निर्यात १६ करोड नाघ्यो
काठमाण्डौँ । नेपाली खानाको मौलिक स्वादसँग जोडिएको परम्परागत परिकार अचारको अन्तर्राष्ट्रिय बजारमा माग पछिल्ला वर्षहरूमा उल्लेख्य रूपमा विस्तार हुँदै गएको तथ्यांकले देखाएको छ । भन्सार विभागका अनुसार चालू आर्थिक वर्षको पहिलो ९ महिनामै नेपालबाट १६ करोड ८६ लाख ९० हजार रुपैयाँ बराबरको अचार निर्यात भएको हो ।

