सर्वोच्च प्रशासनविरुद्ध नेपाल बारको आन्दोलन, लालटिन बालेर प्रदर्शन
काठमाण्डौं । सर्वोच्च अदालत प्रशासनले संवैधानिक तथा महत्वपूर्ण प्रकृतिका रिट निवेदनहरू दर्ता नगरी न्यायिक प्रक्रियामै अवरोध सिर्जना गरेको आरोप लगाउँदै नेपाल बार एसोसिएसन आन्दोलनमा उत्रिएको छ । बारले प्रशासनिक ढिलाइ र रिट दर्ता प्रक्रियामा देखिएको अनियमितताप्रति असन्तुष्टि जनाउँदै चरणबद्ध विरोध कार्यक्रम अघि सारेको हो ।

