बैङ्कले उद्योग व्यवसायलाई बाँधेको भए डोरी देखाए फुकाउन तयार छु: गभर्नर महाप्रसाद अधिकारी
काठमाण्डौ। नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीले राष्ट्र बैङ्कले उद्योग व्यवसायलाई अप्ठ्यारो पर्ने नीतिमा बाँधेको भए डोरी देखाइदिए फुकाउन तयार रहेको बताएका छन्।मंगलबार नेपाल राष्ट्र बैङ्कसँग महासङ्घले आयोजना गरेको मौद्रिक नीतिबारेको छलफलमा बोल्दै गभर्नर अधिकारीले नेपाल राष्ट्र बैङ्कले कर्जा नरोकेको बताएका हुन्।