सुनको मूल्य एकैदिन तोलामा भारी गिरावट, चाँदी पनि सस्तियो
काठमाण्डौ । नेपाली बजारमा सुनको मूल्य एकैदिन तोलामा ५ हजार रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला २ लाख ९४ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ ।आइतबार सुनको मूल्य प्रतितोला २ लाख ९९ हजार ३०० रुपैयाँ रहेको थियो । यस हिसाबले एकैदिन सुनको भाउ ५ हजार रुपैयाँले घटेको हो ।यस्तै, आज १० ग्राम सुनको मूल्य २ लाख ५२ हजार ३१५ रुपैयाँ...

