खराब कर्जाले थिच्यो नेरुडे मिर्मिरे, ५ करोड नाफाबाट २ करोड घाटामा
काठमाण्डौ । नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको वित्तीय अवस्था थप दबाबमा परेको छ। चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा संस्था नाफाबाट घाटामा झरेको छ भने निष्क्रिय कर्जा अनुपात २१ प्रतिशतभन्दा माथि पुगेको छ।संस्थाले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार असोज मसान्तसम्म २ करोड ७९ लाख ९९ हजार रुपैयाँ खुद घाटा व्यहोरेको छ। अघिल्लो आर्थिक...

