इन्धन र निर्माण सामग्रीको मूल्यवृद्धिविरुद्ध निर्माण व्यवसायी आन्दोलित, सडक विभागमा धर्ना
काठमाण्डौँ । इन्धन तथा निर्माण सामग्रीमा भएको तीव्र मूल्यवृद्धिको विरोधमा नेपाल निर्माण व्यवसायी महासङ्घले सडक विभागमा धर्ना दिँदै सरकारको ध्यानाकर्षण गराएको छ।महासङ्घ र एसोसिएट सदस्य समन्वय समितिको नेतृत्वमा बिहीबार गरिएको विरोध कार्यक्रममा निर्माण व्यवसायीहरूले सडक विभाग परिसरमै धर्ना बसेर मूल्यवृद्धि नियन्त्रण गर्न सरकारसँग माग गरेका हुन्।

