प्रतिनिधिसभा नियमावली समितिमै फिर्ता पठाउन कांग्रेस सचेतक निश्कल राईको माग
काठमाण्डौं । नेपाली कांग्रेसका सचेतक निश्कल राईले प्रतिनिधिसभा कार्यसञ्चालन नियमावलीलाई तत्काल अघि नबढाई समितिमै फिर्ता पठाउनुपर्ने माग गरेका छन्।प्रतिनिधिसभाको आकस्मिक समयमा बोल्दै उनले प्रस्तावित नियमावलीको केही प्रावधानप्रति गम्भीर आपत्ति जनाए।

