अन्तर्राष्ट्रिय मानवअधिकार संस्थाको टिप्पणीप्रति कानुनमन्त्री गौतमको आपत्ति
काठमाण्डौ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले नेपालको न्यायपालिका र सङ्क्रमणकालीन न्यायसम्बन्धी विषयमा अन्तर्राष्ट्रिय मानवअधिकारवादी संस्थाहरूले सार्वजनिक गरेको धारणाप्रति आपत्ति जनाएकी छन्।बुधबार प्रतिनिधिसभाअन्तर्गतको कानुन, न्याय तथा मानवअधिकार समितिको बैठकमा बोल्दै मन्त्री गौतमले सरकारसँग कुनै समन्वय र छलफल नगरी जारी गरिएको त्यस्तो...

