नबिल बैंकको ‘नबिल एसएसई फेलोशिप’ कार्यक्रमको चौथो चरणको आवेदन खुला
काठमाण्डौ । नबिल बैंकले Nabil School of Social Entrepreneurship- फेलोसिप कार्यक्रमको चौथो ब्याच २०२४ का लागि आवेदन आह्वान गरेको छ । तेस्रो ब्याचको सफलतापछि बैंकले चौथो ब्याचको कार्यक्रमका लागि आवेदन माग गरेको हो । सामाजिक परिवर्तनका लागि नवीनतम सोच भएका १८ वर्षभन्दा माथिका नेपाली नागरिकले २०८१ भदौ १४ गतेसम्म आवेदन दिन सक्नेछन् ।