नारायणगढ–मुग्लिन सडकमा राति ८ बजेदेखि आवागमन बन्द
काठमाण्डौ । जिल्ला प्रशासन कार्यालय चितवनले नारायणगढ–मुग्लिन सडकखण्डमा आज राति ८ बजेदेखि शुक्रबार बिहान ५ बजेसम्म सबै सवारीसाधनको आवागमन पूर्ण रूपमा बन्द गर्ने निर्णय गरेको छ।लगातारको वर्षाका कारण बाढी, पहिरो तथा डुबानलगायत विपद्को जोखिम बढ्न सक्ने अवस्थालाई मध्यनजर गर्दै यात्रु तथा सवारीसाधनको सुरक्षा सुनिश्चित गर्न सडकखण्डमा आवागमन रोकिएको प्रशासनले जनाएको...

