नेशनल क्यापिटलले डाक्यो विशेष साधारण सभा
काठमाण्डौ । नेशनल क्यापिटल लिमिटेडले विशेष साधारण सभा डाकेको छ । कम्पनीको साउन १७ गते बसेको सञ्चालक समितिको बैठकले आगामी भदौ ९ गतेका लागि सभा डाकेको हो । उक्त सभा दिनको २ बजे काठमाण्डौमा रहेको कम्पनीको रजिष्टर्ड कार्यालयमा आयोजना हुनेछ । सभामा कम्पनीको रजिष्टर्ड कार्यालय रहने ठेगाना परिवर्तन गरी प्रबन्धपत्र दफा २ तथा नियमावलीको नियम २ संशोधन सम्बन्धी विशेष प्रस्ताव...