सार्वजनिक ऋण २३.८४ खर्ब, प्रतिव्यक्ति ऋण ८१ हजारभन्दा बढी !
काठमाण्डौ । चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म सार्वजनिक ऋणको आकार २३ खर्ब ८४ अर्ब रुपैयाँ पुगेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सार्वजनिक गरेको तथ्यांक अनुसार आर्थिक वर्ष २०८०/ ८१ दोस्रो त्रैमाससम्म देशको सार्वजनिक ऋणको आकार २३ खर्ब ८४ अर्ब ४८ करोड ६० लाख रुपैयाँ पुगेको हो । यो रकम भुक्तानी हुन बाँकी सार्वजनिक ऋणको सावाँ ब्याज सम्मिलत कुल रकम हो ।