आधुनिक तथा दिगो बीमा प्रणालीको विकास गर्न बीमा नीति, २०८० जारी, यस्तो छ कार्यनीति
काठमाण्डौ । नेपाल सरकारले राष्ट्रिय बीमा नीति, २०८० जारी गरेको छ । बीमा क्षेत्रको कानूनी र संस्थागत विकास गर्न र सो क्षेत्रमा हुने गरेका गलत अभ्यासलाई न्युनीकरण गर्न एकीकृत बीमा नीतिको आवश्यक महसुस गरी सरकारले राष्ट्रिय बीमा नीति, २०८० ल्याएको हो । मन्त्रिपरिषदको मंसिर २२ गतेको बैठकले राष्ट्रिय बीमा नीति स्वीकृत गरेको थियो । बीमा प्राधिकरणले बीमा ऐन, २०७९ को दफा ५ बमोजिम...