युवा लगानीकर्ताको आवाज: १५% सर्किटले समाधान होइन, जोखिम बढाउँछ
काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले लागू गर्न लागेको १५ प्रतिशत सर्किट व्यवस्थाप्रति युवा लगानीकर्ताहरूले आलोचनात्मक प्रतिक्रिया दिएका छन्। उनीहरूले यस्तो निर्णयले बजारका वास्तविक समस्याहरू समाधान नगरी ध्यान अन्यत्र मोड्ने काम गरेको बताएका छन्।

